‘विकासका उज्यालो किरणले काहुँलाई छुनेछ’: उम्मेदवार थापा

पाेखरा | कात्तिक २५, २०७९

‘विकासका उज्यालो किरणले काहुँलाई छुनेछ’: उम्मेदवार थापा

पोखराः   कास्की क्षेत्र नं.२ (२) प्रदेश सभाका सदस्य उम्मेदवार विन्दुकुमार थापाले काँहुडाँडाको समस्या समाधान गर्ने बताएका छन् । 

 

गठबन्धनका साझा उम्मेदवार थापाले शुक्रबार काहुँडाँडामा घरदैलो गर्दै जनताको समस्या सुनेपछि विकासका योजनालाई प्याकेजको रुपमा अघि बढाइने बताए । 

 

उनले पोखरा बजार क्षेत्रबाट अत्यन्तै नजिक रहेको काहुँ प्राकृतिक हिसाबले निकै रमणीय स्थान भएपनि विकासका हिसाबले पछि परेको सुनाए । उनले काहुँडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी सरकारमा जाँदा धेरै काम गर्न सक्छौ । यहाँ खानेपानीको समस्या छ, त्यो समस्या समाधान हुनेछ । काहुँमा प्याकेजको हिसाबबाट विकासका उज्याला किरण लिएर आउने छु’, थापाले भने,‘तपाईंहरुको साथ र सहयोग बोकेर अघि बढ्नेछु । यो निकै रमणीय ठाउँ छ । पर्यटन र कृषिमा जोड दिदैँ तपाईंहरुको समस्या र मनोआकांक्षा बुझेर नै काम गर्नेछु ।’

 

स्थानीय वामदेव प्रसाद आचार्यले जनताको अड्केको काम पुरा गर्न थापालाई सुझाव दिए । उनले काहुँवासीको अपेक्षा र आशा थापामाथि नै रहेको सुनाउँदै  जनतालाई फर्केर हेर्न आग्रह गरे । ‘जनताको अड्केको काम पुरा गर्नुस् । तपार्इं आजमात्र होइन् सँधै आउनुहुन्छ भन्ने विस्वास हामीलाई छ । जनतालाई फर्केर हेर्नुस अनि विकास गर्नुस् शुभकामना छ’, उनले भने । 

 

थापाले आफु जनताकै लागि उम्मेदवारी दिएको बताउँदै जनताको सेवामा हिजोका पाँच वर्षमा लागेको र अब पनि निस्वार्थ भावनाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले खानेपानीका लागि अब धेरै समय काहँुबासीले खानेपानीको समस्या खेप्नु नपर्ने बताए । उनले पाँच वर्ष प्रदेशको नीति नियमदेखी संरचना बनाउन व्यतित गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका लागि खर्च गर्ने बताए । साथै थापाले आफु विजयी भएर गएमा सरकारी सेवा सुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्